ad ad

राजनीति


जयजयकारको नारा धेरै लाग्यो, तर इलामले सधैँ हार्‍यो : रवि लामिछाने

जयजयकारको नारा धेरै लाग्यो, तर इलामले सधैँ हार्‍यो : रवि लामिछाने

नेपालखबर
चैत १७, २०८० शनिबार १५:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसअघि पटकौं पटक जयजयकार र विजयको नारा लागे पनि इलामले कहिल्यै पनि नजितेको दाबी गरेका छन्। 

इलाम–२ को उपनिर्वाचनको उम्मेदवारको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै इलामका जनताले सधैँ हार्नुपरेको सुनाए।

‘यहाँ जयजयकारको नारा कति लाग्यो लाग्यो। फूल र मालाले राता बनाएर कति हिँडे हिँडे। तर, इलामले हार्‍यो,’ उनले उपस्थिति जनतासमक्ष भने, ‘यदी इलामले जितेको भए इलामका जनता यसरी आउने थिएनन्। स्वर्गजस्तो इलाम समस्याको चाङ बोकेको हुने थिएन।’

गर्न सकिने र गर्नपर्ने समस्याका बारेमा आएको उनले बताए। 

रास्वपाले शनिबार इलाम–२को उम्मेदवार घोषणा गरेको छ। उम्मेदवारी घोषणा गर्नका लागि सभापति लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .