ad ad

राजनीति


गृहमन्त्री लामिछानेबारे रघुजी पन्त : कांग्रेसले बलियो आधार र प्रमाण ल्याए सरकारले मान्नुपर्छ

गृहमन्त्री लामिछानेबारे रघुजी पन्त : कांग्रेसले बलियो आधार र प्रमाण ल्याए सरकारले मान्नुपर्छ

फाइल फोटो


नेपालखबर
चैत ७, २०८० बुधबार १७:४८, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रस्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताए।

पूर्वमन्त्री प्रकाश ज्वालाको उदाहरण दिँदै उनले भने, ‘सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छ? प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो। हिजो हामीले ठाउँमा प्रशस्त आधारहरु थिए, त्यस्तै आधार बलियो, आधार प्रमाण राजनीतिक तर्कहरु अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई नमान्ने भन्ने हुँदैन।’

उनले दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .