ad ad

राजनीति


पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु

पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु

नेपालखबर
असोज ८, २०८१ मंगलबार १४:५, काठमाडौँ

सहकारी ठगीको आरोपमा पक्राउ परेको पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लगेर जोशीको बयान लिइरहेको कास्कीका प्रहरी प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। 

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ। जोशीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान अगाडी बढाइएको छ। उनलाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर कास्की लगिएको थियो। 

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको आरोपमा गत वर्ष माघमा पुरक जाहेरी परेको थियो। जाहेरी परेको ८ महिनापछि जोशी पक्राउ परेका हुन्।

जोशीसहित पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सहकारी छानविन समितिले सिफारिस गरेको छ। समितिको सिफारिस कार्यन्वयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। 

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएकै दिन जोशीलाई पक्राउ गरेको हो। 

जोशी पक्राउ परे लगतै अर्का आरोपि रबि लामिछानेले पनि आफू पक्राउ पर्ने डरले पार्टी कार्यालयमा कार्यकर्ता जम्मा पारेर रातभर बसेका थिए। तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन। 

उनी बहालवाला सांसद समेत रहेकाले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि र जोशीको बयानपछि मात्रै पक्राउ गर्न सक्ने सम्भावना छ। 

यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको टोली काठमाडौँ आएर जोशी र लामिछानेसँग सोधपुछ कागज गरिसकेको छ। उनीहरू संलग्न रहेको गोर्खा मिडिया नेटवर्कको कार्यालयमा प्रहरीले छापा मारेर कागजात पनि नियन्त्रणमा लिइसकेको छ। 

यस्तै, उनीहरू दुवै जनासँग सहकारी छानविन समितिले पनि बयान लिएको थियो। छानविन समितिले रबि र छबि समेतले सहकारीका बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको समितिको ठहर छ। 

यही मुद्दामा गोर्खा मिडियाकै सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् भने मुख्य सञ्चालक जीबी राई मलेसियामा लुकिरहेका छन्। 

प्रहरीले उनलाई नेपाल ल्याउने प्रयास गरे पनि सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .