समाज


काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सर्लाहीको चुरेमाईमा पर्‍यो सबैभन्दा धेरै पानी

काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सर्लाहीको चुरेमाईमा पर्‍यो सबैभन्दा धेरै पानी

तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ७, २०८० बुधबार १७:५९, काठमाडौँ

देशका धेरै भू–भागमा आज वर्षा भएको छ।

बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव ६ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव ८ र सिन्धुलीमा ३० दशमलव २ मिलिमिटर वर्षा भएको छ।

ललितपुरको लेलेमा १३ दशमलव ६, काठमाडौँको ढापड्याममा १० दशमलव ४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ दशमलव ४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोसी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए।

'काठमाडौँमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबारदेखि मौसम खुल्दै जानेछ', उनले भने।

काठमाडौँमा बुधबार दिनभर मौसम बदली भएको छ। दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहेको छ।

अपराह्न काठमाडौँको वायुको तापक्रम १२ सेन्टिग्रेड सेल्सियस, पारदर्शिता ५ किलोमिटर मापन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .