ad ad

राजनीति


प्रधानमन्त्रीले विश्वासको मत लिँदा सबै सांसदलाई उपस्थित हुन माओवादीको ह्वीप

प्रधानमन्त्रीले विश्वासको मत लिँदा सबै सांसदलाई उपस्थित हुन माओवादीको ह्वीप

नेपालखबर
फागुन २६, २०८० शनिबार १७:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको ९ औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए। 

त्यस्तै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको छ।

‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष÷उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .