ad ad

राजनीति


राजेन्द्र लिङ्देन भन्छन् : सरकारमा पर्सि नै राप्रपा चाहियो भन्ने दिन नआओस्

राजेन्द्र लिङ्देन भन्छन् : सरकारमा पर्सि नै राप्रपा चाहियो भन्ने दिन नआओस्

नेपालखबर
फागुन २४, २०८० बिहिबार १५:१३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले राप्रपा सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए। उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए। उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए।

उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ। हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ।’

उनले थपे, ‘राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस्। त्यसलाई नोटिसमा राखेका छौँ। तपाईंको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्। हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो।’

उनले समग्र देशको अवस्था ठीक नरहेको बताए। उनले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको दाबी पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .