ad ad

राजनीति


यो प्रक्रियासँग सहमत हुने दलसँग वार्तापछि मन्त्रिपरिषद विस्तार : शंकर पोखरेल

यो प्रक्रियासँग सहमत हुने दलसँग वार्तापछि मन्त्रिपरिषद विस्तार : शंकर पोखरेल

नेपालखबर
फागुन २१, २०८० सोमबार २१:५२, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ सत्तागठबन्धनसँग सहमत हुने दलहरूसँग वार्तापछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन्।

‘आजको प्रक्रियासँग सहमत हुने दलहरूसँग वार्ता गर्छौं र त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ’ पोखरेलले भने।

सोमबार साँझ भएको सहमति पत्रमा नयाँ गठबन्धनका चारदलले मात्रै हस्ताक्षर गरेका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच मन्त्रिपरिषद विस्तारलगायत विषयमा सहमति भएको छ।

नयाँ गठबन्धन बनेपछि पहिलो बैठकमा सहभागी सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी आठ बुँदे सहमतिमा सामेल छैनन्।

यस्तै, एकीकृत समाजवादी पार्टीलाई पनि नयाँ गठबन्धनमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरिरहेका छन्।

त्यसको लागि प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .