ad ad

राजनीति


सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा आइसकेको छैन : विष्णु पौडेल

सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा आइसकेको छैन : विष्णु पौडेल

नेपालखबर
फागुन १२, २०८० शनिबार १५:५२, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने रुपमा नआएको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्‍यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए।

‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन। यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ,’ उनले भने।

सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको पनि बताए। 

‘लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन। लोकतन्त्रलाई चुनौति दिनसक्छ जस्तो लाग्दैन। यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ। त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोसिस गर्नुपर्दछ।’

सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए। 

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ की सक्दैन? भन्ने प्रश्न गरे। राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .