राजनीति


धनराजले भने : पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरौँ

धनराजले भने : पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरौँ

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ७, २०८० सोमबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीहरूसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिबाट पारित हुनुपर्ने बताएका हुन्। 

महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी उनले गरे।

क्रोनी क्यापिटालिजमका कारण नेताहरू व्यापारीजस्ता र व्यापारीहरू नेताजस्ता देखिएका पनि बताए।

महासमिति बैठक क्रोनी क्यापिटालिजमविरुद्ध एक ठाउँमा उभिनुपर्ने उनको मत छ। 

भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको बताउँदै उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता नहट्ने पनि प्रष्ट पारे।

उपसभापति गुरुङले पार्टीको सङ्गठनात्मक संरचनाबारे महासमिति बैठकले निर्णय गर्नुपर्ने बताए।

यसअघि केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई महासमिति बैठकले सच्याउन सक्ने पनि गुरुङले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .