राजनीति


प्रतिवेदनमा सहमति जुटाउने कसरतमा सभापति देउवा

गोदावरीबाट फर्किएर बूढानीलकण्ठमा बैठक
प्रतिवेदनमा सहमति जुटाउने कसरतमा सभापति देउवा

नेपालखबर
फागुन ७, २०८० सोमबार १६:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ।

महामन्त्री गगन थापाले बनाएको सांगठनिक प्रतिवेदन संशोधन गर्न तयार नभएपछि उनले पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेका हुन्।

‘सहमतिका आधारमा प्रतिवेदन तयार पारेर महासमिति बैठकमा पेश गर्न खोजिएको छ,’ एक नेताले नेपालखबरसँग भने, ‘त्यसकै लागि अहिले बैठक बसिरहेको छ।’

कांग्रेस महासमिति बैठकमा उपभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी र महामन्त्रीद्वय गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयबारे प्रतिवेदन पेश गर्दैछन्।

खड्का र शर्माको प्रतिवेदनमा समस्या नभएपनि थापाको प्रतिवेदमा राखिएका केही विषयबस्तु संशोधन गर्न सभापति देउवाले निर्देशन दिएका छन्। तर, थापा अहिलेसम्म तयार छैनन्।

शनिबार, आइतबार र सोमबार बिहान भएको छलफलमा पनि थापा संशोधन नगरी सोझै हलमा प्रतिवेदन दिने अडानमा रहेपछि देउवाले पदाधिकारीसहितको बैठकबाट निर्णय गर्न लागेका हुन्।

सोमबार उद्घाटन भएको महासमिति बैठकको मंगलबारदेखि बन्दसत्र सुरु हुँदैछ।

सभापति देउवाले चुनावी गठबन्धन गर्ने नगर्ने निर्णय अहिले गर्न नहुने र परिस्थिति अनुसार निर्णय हुने बताएका छन्।

सोमबार महासमिति बैठक उद्घाटन गर्दै उनले प्रतिवेदनमा यी लगायतका विषय समेट्न नहुने बताए।

तर, थापा भने अहिले नै चुनावी गठबन्धन नगर्ने विषयमा निर्णय गर्नुपर्ने अडानमा कायम छन्।

यही विषय सहमति गर्न देउवाले बैठक राखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .