नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य १९९ जनाको हुने भएको छ।
चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो घोषणा गरेका हुन्।
अध्यक्ष दाहालले ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय भएको पनि बताए।
उनले अब पार्टी समिति खुल्ला निर्वाचनबाट चुनिने पनि बताएका छन्। खुल्ला निर्वाचनबाट आउने समितिले नेतृत्व चुन्ने भएको छ।
माओवादीले हाल रहेका जिल्ला समन्यव समितिलाई प्रदेशबाट अधिकार थप्ने निर्णय पनि गरेको छ।
माओवादीले यसअघि पालिकास्तरीय समितिलाई अधिकार दिएको थियो।
माओवादीमा केन्द्रीय समितिलाई १५१ मा झार्ने सुझाव आएको थियो। तर अहिलेलाई १९९ लाई कायम गरेर जाने निर्णय भएको हो।
96
Shares
प्रतिक्रिया