ad ad

राजनीति


माओवादीमा चुनाव चिह्न फेर्न सुझाव, नेताहरूको सम्पत्ति खोज्नुपर्ने आवाज पनि उठ्यो

माओवादीमा चुनाव चिह्न फेर्न सुझाव, नेताहरूको सम्पत्ति खोज्नुपर्ने आवाज पनि उठ्यो

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन ३, २०८० बिहिबार १३:३६, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० वटै समूहले छलफलबाट संकलित सुझाव प्रस्तुत गरेका छन्। 

मंगलबारदेखि जारी छलफलमा विधानमाथि सुझाव प्रस्तुत गर्दै  कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायत सुझाव दिए।

प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउनेगरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरे। 

उनले सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरेका छन्। 

नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने बताए। 

उनले विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपतामा राख्न सुझाव दिए। दुलालले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे।

नेता राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव दिए 

उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरेका छन्। 

अर्का नेता रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पार्न माग गरे। उनले निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने सुझाव दिए।

नेता कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव दिए। 

आयोगलाई प्रभावकारी बनाउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विषयगत दक्षता भएकालाई समेटेर संगठित गर्नुपर्ने व्यवस्था गनुपर्ने बताए।

नेता सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको जानकारी गराए।

संघीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने उल्लेख गर्दै उनले विभागहरू पनि विधानमा नै उल्लेख गर्नुपर्ने सुझाव पेश गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .