ad ad

राजनीति


सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्दैन : अध्यक्ष नेपाल

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्दैन : अध्यक्ष नेपाल

फाइल फोटो


नेपालखबर
फागुन १, २०८० मंगलबार १४:२४, काठमाडौँ

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्।

सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए। उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताए।

उनले भने, ‘अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ। तर एउटा कुरा पक्का छ। यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन। यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो। यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरु अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरुलाई साथमा लिएर जाने हो।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .