राजनीति


‘नेपालको विकासमा क्यानडाबाट सहयोगको अपेक्षा’

‘नेपालको विकासमा क्यानडाबाट सहयोगको अपेक्षा’

नेपालखबर
माघ २७, २०७६ सोमबार ९:२२,

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा उनीसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा नेपाल र क्‍यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बताए। सचिव फूयाँलका अनुसार, भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।

दुवै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्दै संसद मैत्रीसमूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेका थिए। उनले नेपालका प्रथामिकता र उद्देश्यमा क्यानडा लगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताए। भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएका थिए।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गरेको पनि सचिव फुयाँलले जानकारी दिए।

सभामुख फ्युरी नेतृत्वको टोलीले अहिले राष्ट्रियसभा बैठकको अवलोकन गरिरहेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि संसदीय टोलीले भेटघाट गर्ने कार्यतालिका छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad