ad ad

राजनीति


एमालेको आरोप : सरकार भ्रष्टाचारीको संरक्षक, विदेश जान लागेकालाई गोली हान्दैछ

एमालेको आरोप : सरकार भ्रष्टाचारीको संरक्षक, विदेश जान लागेकालाई गोली हान्दैछ

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १२:५३, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकोतर्फबाट भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने गरी सरकारले काम गरेन। युवाहरूलाई विदेश जानबाट रोक्न सरकार असफल भयो’, उनले भने, ‘विदेश जान राहदानी बनाएर बसेकाहरूलाई सरकार गोली चलाएर हत्या गर्छ।’

गिरीले कमजोरहरूलाई मात्रै थुनेर सरकार स्टन्टबाजीमा लागेको पनि बताएका छन्। ‘कमजोर मान्छेलाई थुन्ने तर बलिया बांगालाई देखेपछि भाग्ने काम सरकारले गर्दैछ’, उनले भने, ‘सुशासनका कुरा कहँबाट गर्नु, एउटा ल्याप्टपलाई ५० हजार डलरमा किन्ने मान्छे अहिले मन्त्री छन्। अख्तियारले बयानमा बोलाउँदा म त जान्नँ भनेर बसेका छन्।’

मन्त्रीहरूले नै अख्तियारलाई नटेरेपछि सरकारले केलाई संरक्षण गरेको प्रष्ट भएको बताए। ‘मन्त्रीहरू अख्तियारले बोलाउँदा जाँदैनन्। सरकारले कसलाई संरक्षण गर्न खोज्दैछ भन्ने यसले प्रष्ट भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .