ad ad

राजनीति


हाम्रा सांसदले मन्त्रीहरुलाई र्‍याखर्‍याखती पारिरखेका छन् : स्वर्णिम वाग्ले

हाम्रा सांसदले मन्त्रीहरुलाई र्‍याखर्‍याखती पारिरखेका छन् : स्वर्णिम वाग्ले

नेपालखबर
माघ २१, २०८० आइतबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टीका सांसदहरूले उठाएको आवाज बुलन्द हुँदै गएकाे दाबी गरेका छन्। 

आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दबाब कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्रीहरूलाई समेत आफ्नो पार्टीका सांसदले र्‍याखर्‍याखती बनाएको बताए। 

‘सातवटै प्रदेश सरकारमा हाम्रो उपस्थिति छैन। संघीय सरकारमा पनि हाम्रो उपस्थिति छैन। हाम्रो उपस्थिति भनेको संसद्मा २० थान सांसद र एक जना हामीले राष्ट्रिय सम्पत्ति ऋण दिएका छौँ, उहाँ हामी सबैको साझा हुनुहुन्छ,’ सांसद वाग्लेले भने, ‘बाँकी २० जना सांसदले जनताका आवाज उठाइरहेका छौँ। सरकारलाई जवाफदेही बनाइरहेका छौँ। मन्त्रीहरूलाई ठड्याएर र्‍याखर्‍याख पारिरहेका छौँ। समितिका बैठकहरूमा।’

उनले अहिले देशभर भएका ८ सय ८४ जना सांसदमध्ये २० जनाले उठाएको आवाज सबैभन्दा बुलन्द भएको पनि बताए। 

‘यो देशमा आज हामीसँग ८८४ जना सांसद छन्। जम्मा हाम्रा २० जना सांसदले उठाएको आवाज बाँकी सबैले उठाएको भन्दा बुलन्द भएको छ। कडा छ। हामीले उठाएका मुद्दा सही छ। हामी जनताको पक्षमा छौँ,’ उनले भने। 

रास्वपाले २१ वटा आयोजनालाई ध्यानमा राखेर रास्वपाले दबाब कार्यक्रम अयाोजना गरेको उनले बताए। माघ २१ देखि चैत २१ सम्म यो अभियान चल्ने उनले जानकारी गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .