राजनीति


०४६ पछि व्यवस्था मात्रै होइन, जनताको अवस्था पनि फेरियो : प्रकाशमान सिंह

०४६ पछि व्यवस्था मात्रै होइन, जनताको अवस्था पनि फेरियो : प्रकाशमान सिंह

नेपालखबर
माघ १२, २०८० शुक्रबार १४:५५, हेटौंडा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको बताएका छन्।

कांग्रेसको स्थापना दिवसका अवसरमा  बागमती प्रदेश कार्यसमितिले शुक्रबार हेटौंडामा गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

उनले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्रै नभई जनता र देशको अवस्थामा पनि परिवर्तन ल्याएको बताए। केही भएन भन्ने हौवाको पछि नलाग्न पनि पनि उनले आग्रह गरे।

'अहिले राजनीतिक व्यवस्था बदलियो, अवस्थामा केही फेरबदल भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको छ', उनले भने, 'तर त्यो गलत हो।'

'०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएको छैन, अवस्था पनि फेरिएको छ। ०४६ अघि के थियो? शिक्षा, स्वास्थ, विकासको क्षेत्रमा अहिले के छ? त्यो पनि हेरौँ न', सिंहले भने।

असहज अवस्थामा मिलेका दलहरूबीचको एकता थप बलिये बनाउनुपर्नेमा पनि उनले जोड दिए।

राष्ट्रियसभाका लागि कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदै सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिए।  

उनले अरू दलले गर्न नसकेको काम कांग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धि अभियानको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .