ad ad

राजनीति


अहिलेको भ्रष्ट व्यवस्था अन्त्य गर्न विचार मिल्नेको संयुक्त आन्दोलन चाहिन्छ : कमल थापा

अहिलेको भ्रष्ट व्यवस्था अन्त्य गर्न विचार मिल्नेको संयुक्त आन्दोलन चाहिन्छ : कमल थापा

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १८:४१, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट ब्यवस्थाको अन्त्यका लागि आन्दोलनको विकल्प नभएको बताएका छन्। 

अब परिवर्तनकारी पक्षधरहरू एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्ने उनले बताएका छन्। 

काठमाडौंमा मंगलबार आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लाएक्लै आन्दोलनमा जाँदा प्रभावकारी नभएको बताए। 

उनले विगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जान मोर्चा निर्माण जरुरी भएको बताए। 

एक्लाएक्लै विभक्त भएर आन्दोलन गर्ने कुराले अहिलेको बेथितिलाई मलजल गर्ने थापाले बताए। 

मुलुक ब्रम्हलुटको यथास्थितिमै अघि बढिरहने भएकाले परिवर्तन चाहने शक्तिहरू, एजेन्डा मिल्ने शक्तिहरू, सबै राष्ट्रवादी , देशभक्त र प्रजातन्त्रवादीहरू मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको विकल्प नभएको थापाको भनाइ थियो। 

एक्ला एक्लै आन्दोलन गर्नाले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउने उनको भनाइ थियो। 

अहिले आन्दोलनका लागि समय अनुकुल भएको भन्दै थापाले मनपरीतन्त्र र ब्रम्हलुटले सीमा नाघेको बताए। 

जनता अहिलेको ब्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत उनको भनाइ थियो। 

विदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनको रक्षा हुन नसक्ने भन्दै थापाले अहिले राष्ट्रवादी शक्तिहरूको स्वाभिमानी आन्दोलन चाहिएको बताए। 

उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानसँगै आन्दोलनको तयारी युद्धस्तरमा गर्न पनि थापाले निर्देशन दिए। काठमाडौंका १० वटै क्षेत्रमा १५ दिनभित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .