राजनीति


कांग्रेसबाट राष्ट्रिय सभामा कृष्ण सिटौलाको टिकट पक्का!

कांग्रेसबाट राष्ट्रिय सभामा कृष्ण सिटौलाको टिकट पक्का!

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १९:८, काठमाडौँ

नेपाली कांग्रेसबाट राष्ट्रिय सदस्यका लागि पूर्वमहामन्त्री कृष्ण सिटौला राष्ट्रिय सभाको सदस्यमा उठ्ने पक्का भएको छ।

२०७९ मंसिरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उठ्ने निश्चित भएको छ।

टिकट पक्का गरिसकेपछि सिटौला उम्मेदवारी मनोनयनका लागि उनले आफूनिकट केही नेताहरूलाई आइतबार नै विराटनगर पठाइसकेका छन्।

राष्ट्रियसभाको टिकट मिलेपछि उनले आफ्ना लागि पनि काठमाडौंबाट विराटनगर जाने जहाजको टिकट लिएका थिए।

तर सानेपामा बस्ने भनिएको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा ढिला भएपछि उनले जहाजको टिकट रद्द गरेका छन्। सिटौला सोमबार बिहान विराटनगर गएर उम्मेदवारी मनोनयन तयारीमा छन्। 

‘कृष्ण सिटौला राष्ट्रियसभाको उम्मेदवार निश्चित भएको छ। अहिले कांग्रेसको बैठक बसिरहेको छ। उहाँलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने समझदारी बनेपछि केही नेताहरू विराटनगर झरेका छन्’, उनीनिकट एक सहयोगीले भने, ‘उहाँ आफैँ पनि विराटनगर जाने तयारीमा हुनु हुन्थ्यो। तर यहाँ कांग्रेसको बैठक ढिला भएकाले जहाजको टिकट रद्द गरेर बस्नु भएको छ।’

ती नेताले सानेपाबाट सिटौलाको नाम राष्ट्रिय सभाका लागि निश्चित भइसकेको जानकारी पाएको बताए। टिकट पक्का गरिसकेपछि सिटौलाले आइतबार साँझ नेता शेखर कोइरालासँग सानेपामै केहीबेर संवाद गरेका थिए। 

सिटौलाले अन्य क्लस्टरबाट उठ्न तयार गरेको कोशीमा सत्ता गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्कीले टिकट पाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .