ad ad

राजनीति


राप्रपाले तय गर्‍यो राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

राप्रपाले तय गर्‍यो राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १७:२५, काठमाडौँ

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा सातै प्रदेशमा उम्मेदवार टुंगो लगाएको छ। 

राप्रपाको आइतबार बसेको बैठकले कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय लिएको हो।

राप्रपाले लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ। मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको छ।

राप्रपाले मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारको नाम सार्वजनिक गरेको छैन। उसले सत्ता गठबन्धनसँग तालमेल प्रयास पनि जारी राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .