ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन : अन्तत: २ सिटमै मान्यो एकीकृत समाजवादी

राष्ट्रिय सभा निर्वाचन : अन्तत: २ सिटमै मान्यो एकीकृत समाजवादी

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २२, २०८० आइतबार १६:१, काठमाडौँ

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी २ सिट मात्रै लिन तयार भएको छ।

सोमबार मनोनयन गर्ने समय नजिकिँदै गर्दा समाजावादीले २ सिट मात्रै लिने गरी निर्णय गरेको हो।

यसअघि समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो। तीन सिट नपाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोख्दै अध्यक्ष माधव नेपाल बालुवाटारबाट निस्किएका थिए।

पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए। 

‘पार्टीका तर्फबाट उम्मेदवारका नाम टुंगो लगाउने जिम्मा तीन जनालाई जिम्मा लगाएका छौँ’, खतिवडाले भने, ‘क्लस्टरबारे पनि छलफल चलिरहेको छ। क्लस्टरका कारण हामी अड्किएका छौँ।’

खतिवडाले असन्तुष्टि बाँकी रहे पनि अहिलेलाई २ सिटमा चित्त बुझाएर जाने बताए। ‘यसबारे छलफल भयो। हाम्रा असन्तुष्टि विद्यमान छन्’, उनले भने, ‘यसले कहाँ कहाँ असर पार्छन् भन्ने भोलि हेर्दै जाउँला। अहिलेलाई भोलिको नोमिनेशन गर्नेगरी जाने भन्ने भएको छ।’ 

खतिवडाले उम्मेदवारको नाम आइतबारै साँझसम्म आउने बताए। ‘नाम आजै साँझसम्म आउँछ। एकपटक अझै गठबन्धनका दलसँग केही छलफल गरेर नाम सार्वजनिक गर्छौँ’, उनले भने। 

यसअघि सत्ता गठबन्धनका दलले १९ वटा पदका लागि भागबन्डा गरिसकेको छ। जसअनुसार १० वटा स्थानमा नेपाली कांग्रेस, ६ वटामा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजावादी र एउटा सिटमा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .