ad ad

राजनीति


विकासका एजेन्डामा एकसाथ अघि बढौँ : उपप्रधानमन्त्री खड्का

विकासका एजेन्डामा एकसाथ अघि बढौँ : उपप्रधानमन्त्री खड्का

नेपालखबर
पुस २०, २०८० शुक्रबार १६:१४, काठमाडौँ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भई विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताएका हुन्। 

नेतृत्व लिने कुरा महत्त्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ संकल्प र विश्वासका साथ विकासका लागि एकजुट हुन आग्रह पनि गरे। राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उनको भनाइ थियो। 

प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा विवाद नभएको पनि उनले उल्लेख गरे। ‘जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्,’ उनले भने, ‘यसमार्फत् कर्णालीको विकासमा सहयोग पुग्नेछ।’

दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उनको सुझाव थियो ।

३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागी छन्। प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल संघ रहेको छ।

यस प्रतियोगितामार्फत् राष्ट्रिय टिम छनोट हुनेछ। खेलाडी व्यवस्थापन संघले गर्नेछ। यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .