ad ad

राजनीति


भारतीय विदेशमन्त्री र मधेश केन्द्रीत दलका तीन नेताबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र मधेश केन्द्रीत दलका तीन नेताबीच भेटवार्ता

नेपालखबर
पुस २०, २०८० शुक्रबार ५:२०, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको भारतीय दूतावासले जनाएको छ। 

भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए।

यसअघि भारतीय विदेशमन्त्री डा.जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। उनी भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .