ad ad

राजनीति


पूर्वप्रधानमन्त्रीद्वय नेपाल र देउवासँग भारतका विदेशमन्त्रीको भेट

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र देउवासँग भारतका विदेशमन्त्रीको भेट

नेपालखबर
पुस १९, २०८० बिहिबार २२:५, काठमाडौँ

भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङकरले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपाल र विदेशमन्त्री जयशङ्करबीच भएको भेटवार्ताका अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।  

नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ।

भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन्। उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। उनी भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कनेछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .