ad ad

राजनीति


ओर्लिनेबित्तिकै जयशंकरको ट्विट: ‘नमस्ते काठमाडौँ’, २०२४ को पहिलो भ्रमण नेपाल हुँदा हर्षित छु

ओर्लिनेबित्तिकै जयशंकरको ट्विट: ‘नमस्ते काठमाडौँ’, २०२४ को पहिलो भ्रमण नेपाल हुँदा हर्षित छु

नेपालखबर
पुस १९, २०८० बिहिबार ११:५१, काठमाडौँ

भारतीय विदेशमन्त्री एस. जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्। 

भारतबाट विशेष विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेलगत्तै उनले ‘नमस्ते काठमाडौँ’ शीर्षकमा ट्विट गर्दै सन् २०२४ को सुरुवातमा नेपाल आउन पाउँदा हर्ष लागेको बताएका हुन्। 

‘सन् २०२४ को मेरो पहिलो भ्रमणका रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु’, जयशंकरले विमानबाट ओर्लिंदै गर्दा र परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका तस्बिरसहित ट्विट गरेका छन्, ‘आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’ 

भारतीय विदेशमन्त्री जयशंकर दुई दिनसम्म नेपाल रहँदा नेपालसँगको विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। जुन नेपालका लागि ऐतिहासिक हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .