ad ad

कारोबार


भैरहवा विमानस्थलको आईएलएस सञ्चालन अनुमति लिने एजेन्डा बनाउन परराष्ट्रलाई प्राधिकरणको आग्रह

भैरहवा विमानस्थलको आईएलएस सञ्चालन अनुमति लिने एजेन्डा बनाउन परराष्ट्रलाई प्राधिकरणको आग्रह

नेपालखबर
पुस १९, २०८० बिहिबार ११:५०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको बेला प्राधिकरणले उक्त एजेन्डा अघि सार्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको हो। 

बिहीवार काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’ (आइएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ। भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आइएलएस) सञ्चालनको एजेण्डा राखि सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। 

प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भएपनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए।  उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको बताए। 

उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए। उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए।

उनले नेपाल र भारतको विदेशमन्त्रीस्तरको संयुक्त बैठक बसिरहँदा नेपालको हवाइ उड्डयन क्षेत्रको तीन वटा विषयवस्तुहरु छलफल हुनुपर्नेमा जोड दिए। 

‘एउटा विषयवस्तु भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण २०८० जेठको १७ गतेबाट २० गतेसम्म भएको थियो । त्यो भिजिटको बेला भैरहवामा हाम्रो एउटा आइएलएस भन्ने छ, इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम । त्यो इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम भनेको एउटा न्याबिकेसन एड हो’, उनले भने।  

भैरहवामा लो भिजिटी भएको बेलामा जहाज ल्याण्डिङको लागि आवश्यक एउटा इस्टुमेट भएकाले आईएलएस सञ्चालनलाई जयशंकरको भ्रमणका क्रममा भारतसँग कुरा उठाउनुपर्नेमा प्राधिकरणको जोड छ। त्यसको लागि दुवै देशको एउटा सम्झौता आवश्यक भएकाले त्यसको लागि आइएलएसको लागि एग्रिमेन्ट गर्न भुलले सरकारसँग आग्रह गरे। 

त्यसबाहेक एयर रुटको इन्ट्री प्वाइन्टहरु नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबारे पनि कुरा गर्नुपर्ने प्राधिकरणले औँल्याएको छ। 

‘त्यहाँबाट अहिले जहाज जान मात्रै मिल्छ, आउन मिल्दैन । जान पनि मिलेको भए पोखरा र भैरहवामा अप्रे गर्ने जहाजहरुलाई सर्ट एयर रुट हुन्थ्यो । सर्ट एयर रुट भएपछि जहाजहरुको लाग्ने एभिएशन टर्माइन फ्युल हुन्छ, त्यो कम हुन्छ’, उनले भने, ‘त्यो कम भएपछि जहाजहरुको अप्रेटिङ कस्ट कम भएपछि भैरहवा र पोखराको हवाइ भाडादर सस्तो हुन्छ।’ 

नेपालले लामो समयदेखि भारतीय अधिकारीहरुसँग यसको लागि आग्रह गरिरहेको छ। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .