ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार ११:४४, काठमाडौँ

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। 

आजको बैठकमा मुलतः राष्ट्रियसभा निर्वाचनको विषयमा दलहरूबीच छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

उनका अनुसार यही विषयमा दलहरूबीच अझै छलफल जारी छ। ‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ। त्यसमा थप छलफल बाँकी छ। अर्काे बैठक आज साँझ वा भोलि बिहान बस्नेगरी हामी उठेका छौँ,’ बैठकपछि लेखकले भने।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रियसभासँगै समसामयिक विषयमा पनि छलफल भइरहेको लेखकले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .