ad ad

राजनीति


कांग्रेस संसदीय दलका उपनेता गच्छदार संसदबाट निलम्बित

कांग्रेस संसदीय दलका उपनेता गच्छदार संसदबाट निलम्बित

नेपालखबर
माघ २२, २०७६ बुधबार १३:१६,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार संसदबाट निलम्बनमा परेका छन्।

बुधबार विशेष अदालतमा बालुवाटास्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गच्छदार सांसद सदस्य निलम्बनमा परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मुद्दा दर्ता हुने वित्तिकै सांसद गच्छदार स्वतः निलम्बित भएको बताए। ‘भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उहाँ (गच्छदार) स्वतः निलम्बनमा पर्नुभयो’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता कोइरालाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .