ad ad

राजनीति


बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन : प्रधानमन्त्री प्रचण्ड

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस १६, २०८० सोमबार १७:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन्।

सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताए।

उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए। उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए। घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उनको भनाई छ।

उनले भने, ‘म अहिले सबै भन्न चाहन्न। केही चिज गम्भीर लागेको छ। सामान्य छैन यो। त्यो दुईजना युवाहरुको जस्तो परिवेशमा, जसरी हत्या भएको छ। ईपिएसमा जे–जस्ता गतिविधि भएका छन्। गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ। यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ। चिज त्यस्तो छैन। जस्तो देखिएको छ। त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभुत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ होइन।’

उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए। उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अध्याँरो बाहेक केही नदेखाउनेहरु राष्ट्रवादी हुन नसक्ने बताए।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई अपील गरे। उनले तीन प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमती भएको पनि बताए।

प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालिन नेताहरु कुनै न कुनै रुपमा विपी कोईरालाकै स्कुलिङबाट दिक्षित भएका बताए। विपि कोइरालालाई नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्वको रुपमा चित्रण पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .