ad ad

राजनीति


तीन सांसद पक्राउबारे सभामुखले गृहमन्त्री र प्रहरी प्रमुखसँग मागे जानकारी

तीन सांसद पक्राउबारे सभामुखले गृहमन्त्री र प्रहरी प्रमुखसँग मागे जानकारी

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १४:५७, काठमाडौँ

सभामुख देवराज घिमिरेले सोमबार पक्राउ परेका तीनजना सांसदबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग जानकारी लिएका छन्। 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे सभामुखले गृहमन्त्री र प्रहरी महानिरीक्षक कुँवरबाट जानकारी लिएका हुन्।

फोन सम्पर्कमा गृहमन्त्री श्रेष्ठले आफूले हिरासतमै गएर उनीहरूलाई छुटाउने जवाफ सभामुखलाई दिए।

त्यसलगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरू छुटेको जानकारी सभामुख घिमिरेलाई दिए। उता आईजीपी कुँवरले तीनै सांसदले निषेधित क्षेत्र तोडेको घटनाबारे जानकारी गराएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .