राजनीति


प्रधानमन्त्री निवासअगाडि ‘अर्धनग्न’ भएर प्रदर्शनमा उत्रिए युवा

प्रधानमन्त्री निवासअगाडि ‘अर्धनग्न’ भएर प्रदर्शनमा उत्रिए युवा

नेपालखबर
पुस १६, २०८० सोमबार १३:९, काठमाडौँ

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि अर्धनग्न भएर प्रदर्शन गरेका छन्।

पाँचजनाको समूहमा रहेका उनीहरू ‘नो एमसीसी’ लेखिएको पोस्टर शरीरमा टाँसेर अर्धनग्न अवस्थामा प्रधानमन्त्री निवासको पूर्वी गेटअगाडि नारा लगाउँदै पुगेका थिए।

प्रधानमन्त्री निवासको गेटसम्मै नारा लगाउँदै पुगेका उनीहरूलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। उनीहरुले नो एमसीसी, देश बेच्ने हामी होइन दलालहरू हुन्, भ्रष्चारीहरूलाई समात्, गोली होइन रोटी दे रोटी दे जस्ता नारा लगाएका थिए।

नारा लगाउँदै अर्धनग्न उनीहरूलाई तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .