ad ad

राजनीति


गृहमन्त्रीलाई एमाले सांसदको चुनौती : नैतिकता भए बालकुमारी घटनाको जिम्मेवारी लिएर राजीनामा दिनूस्

सरकारले नै दुई युवाको हत्या गरेको आरोप
गृहमन्त्रीलाई एमाले सांसदको चुनौती : नैतिकता भए बालकुमारी घटनाको जिम्मेवारी लिएर राजीनामा दिनूस्

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १२:२५, काठमाडौँ

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनामा दुईजना युवाको ज्यान गइसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदमा बसिरहन नहुने बताएका छन्।

पुस १३ गते बालकुमारीमा प्रहरी दमनका क्रममा दुई युवाको ज्यान गएको सन्दर्भमा संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।

उनले वर्तमान गठबन्धन सकार निकम्मा भइसकेको पनि आरोप लगाएका छन्। 

‘वर्तमान सरकार निकम्मा, नालायक र हत्यारा बनेर असफल भइसकेको छ। एक वर्ष मुलुकको समय बर्बाद भयो’, उनले भने, ‘नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिनुस्। मन्त्रीती बुद्धि भएको भए त्यो पीएसओको जागिर खाएर बस्थ्यो?’

बालकुमारीमा सुर्खेतका सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहको सरकारले हत्या गरेको उनले बताए। 

‘यो सरकारबाट गरिएको हत्या हो, पुलिस प्रशासनलाई थुपारिएर उम्किने प्रयास नगर्नु होला’, उनले भने, ‘प्रधानमन्त्रीले नै राजीनामा दिएर मार्ग प्रशस्त गरिदिँदा सबै भन्दा राम्रो!’ 

सांसद श्रेष्ठले गृहमन्त्री श्रेष्ठलाई लक्षित गर्दै मुटुको रोगको भर्खरै उपचार गरेकाले आराम गर्न पनि सुझाव दिए। 

‘मुटुको रोगको भर्खरै उपचार गर्नु भएको छ, उहाँ (गृहमन्त्री )को स्वास्थ्यलाई पनि ध्यान दिएर नैतिकताका आधारमा राजीनामा दिनुस्। मैले आदेश पालना गराउन सकिनँ, भोलि पन मन्त्री बन्न पाउँछु भनेर घटनाको जिम्मेवारी लिँदै राजीनामा दिए मृतकहरूको आत्माले शान्ति पाउला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .