नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक काठमाडौँमा सुरु भएको छ। पुस १३ गतेसम्म चल्ने बैठक बुधबार दिउँसोदेखि ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो।
बैठकमा मूलतः पार्टीको विधानमाथि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।
एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।
यो केन्द्रीय कमिटी बैठकपछि आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद् बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ।
बैठकमा पार्टीको आगामी महाधिवेशनको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्ने जनाएको छ।
21
Shares
प्रतिक्रिया