ad ad

राजनीति


राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ : कमल थापा

राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ : कमल थापा

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताएका छन्।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गरेका हुन्। 

‘हामीले स्थापना गर्न खोजेको प्रजातन्त्रलाई समाप्त पारेर निरंकुशतन्त्रलाई होइन, हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र। जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ। अहिलेको जस्तो छाडातन्त्र होइन। उहाँहरूले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नुभएको छ। यो छाडातन्त्र हो, मनपरीतन्त्र हो। यो सिन्डीकेट र भ्रष्टतन्त्र हो,’ उनले भने।

मंगलबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताए। 

नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत उनले दोहोर्‍याए।

‘हामी देशमा आन्दोलनको आँधिबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राज संस्थालाई स्थापना गर्नसक्छौँ भन्ने मलाई लाग्छ। यही कारणले गर्दाखेरी भ्रष्ट व्यवस्थाका सम्वाहकहरू अहिले आत्तिएका छन्। अत्तालिएका छन्। आतंकित भएका छन्। र अनेक किसिमका भ्रमहरु सृजना गरिरहेका छन्। म हरेक दिन आफूलाई प्रमुख भन्ने राजनीतिक दलका नेताहरूको अभिव्यक्ति सुनिराखेको छु,’ उनले भने, ‘उनीहरूमा त्यो चिन्ता र त्रसित मानसिकता देखिन्छ। उनीहरू भ्रम सृजना गरिराखेका छन कि लोकतन्त्र समाप्त पारेर निरंकुशतन्त्र हावी गराउन खोजिएको छ। गणतन्त्रलाई समाप्त पारेर राजाको निरंकुशतालाई स्थापना गर्न खोजिएको छ। हिन्दूराष्ट्र स्थापना गरेर अरु धर्महरुलाई थिचोमिचो गर्ने, दवाउने काम गर्न खोजि आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई प्रष्ट पार्न चाहन्छु। भ्रम सृजना गर्न खोजिएको छ। म आज यही कार्यक्रमको माध्यामबाट –प्रजातन्त्र भन्नुस् वा लोकतन्त्रको विकल्प छैन।’

अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्‍याएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .