ad ad

राजनीति


अहिलेको खिचडी सरकारले देश अघि बढाउन सक्दैन : उपाध्यक्ष पौडेल

अहिलेको खिचडी सरकारले देश अघि बढाउन सक्दैन : उपाध्यक्ष पौडेल

नेपालखबर
पुस ३, २०८० मंगलबार १४:३३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे। 

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका उपाध्यक्ष पौडेलले काँगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन? भनी पनि गरे। उनले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे। 

यो सरकार असफल भयो भन्ने कुरा स्वयम् सत्तारुढ दलका नेताहरूले पनि भनिरहनु भएको छ। असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन? प्रश्न यो हो। तर नेकपा एमाले जनमतको हिसावले देशको पहिलो पार्टी हो,’ पौडेलले भने, ‘त्यसले गर्दा यो सरकार कतिसम्म रहन्छ वा रहँदैन भन्ने कुरा संसद भित्रको अंकगणितले तय गर्ने कुरा भयो। तर आम नेपालीले यो क्षेत्र वा त्यो क्षेत्र भन्ने छोडौँ। निजी क्षेत्रको कुरा गर्नुस्। युवा विद्यार्थीको कुरा गर्नुस्। बुद्धिजीविको कुरा गर्नुस्। पेशा कर्मीको कुरा गर्नुस्। मजदुर, किसानको कुरा गर्नुस्। सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छन्। असहमत छ। र, यो सरकारले देशलाई रसातलतर्फ लगिरहेको छ। यो सरकार सम्पूर्ण रुपमा असफल रह्यो।’

वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाइ थियो। उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहो¥याए। 

‘यो सरकार चाँही सम्पूर्ण रुपमा असफल भयो। यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ। देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजस्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो,’ उनले भने,‘यो सरकार जति दिन बस्छ, देशले त्यति दुःख पाउने हो। त्यतिधेरै देश ओरालो लाग्ने हो। यो सरकार असफल सरकार हो। यस्तो प्रकारको सरकार बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना होइन। नेपाली जनताको जनादेश पनि यो होइन। यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन। तर अब के छ भने संसदको अंक गणितले यही सरकार बन्यो।’

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे।

‘यो खिचडी सरकारले देशलाई अगाडि लैजान सक्दैन। यसको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन। बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन। यो असफल सरकार हो। सरकार त असफल भयो। तर सरकार फेर्नका लागि, सरकार बदल्नका लागि संसदको अंक गणितले साथ दिनु पर्छ,’ उनले भने, ‘त्यो संसदको अंक गणितले साथ दिन्छ कि दिँदैन भन्ने कुरा चाँही एमालेको इच्छाले मात्रै तय गर्दैन। हामी देखिराखेका छौं–सरकारमा सहभागी दलहरू र त्यसका नेताहरूले भनिराखेका छन–यो सरकार असफल भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .