सरकारले नयाँ गृह सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपालाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए। उनको ठाउँमा प्रदेश १ का मुख्यसचिव शुरेस अधिकारीलाई अख्तियारको सचिव बनाउने निर्णय भएको एक मन्त्रीले बताए।
निवर्तमान गृहसचिव प्रेमकुमार राईले आइतबार राजीनामा दिएका थिए। उनको आज विदाई गरिएको छ।

प्रतिक्रिया