ad ad

राजनीति


घरमै ‘नजरबन्द’मा परेकाे दुर्गा प्रसाईंकाे दाबी

घरमै ‘नजरबन्द’मा परेकाे दुर्गा प्रसाईंकाे दाबी

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार ११:४२, काठमाडौँ

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफू घरमै ‘नजरबन्द’मा परेकाे दाबी गरेका छन्। 

आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको उनकाे दाबी छ। 

सामाजिक सद्‌भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ।

स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए। 

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’, उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’

‘म क्यान्सर सर्भाइभर हुँ। कति बाँच्छु मलाई नै थाहा छैन। प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ। हिजो जंगलबाट झिकेर सत्तामा पुर्‍याउने एउटा भर्‍याङ म पनि हुँ’, उनले भने, ‘हिजो जनतालाई गरेको वाचा पूरा भयो कि भएन? आज उहाँलाई सत्तामा पुर्‍याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दै छन्। उहाँहरूका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु। १७ हजार मरेका छन्। उनीहरूले के पाए?’

‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहुन्थ्यो। उहाँहरूको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ’, प्रसाईंले थपे, ‘पुलिसको यातना भोग्न पनि तयार छु।’

तर आफ्नो अभियान नरोकिने जिकिर उनले गरे। ‘यो व्यवस्था परिवर्तन नहुञ्जेल’ आफ्नो आन्दोलन जारी रहने उनले बताए। 

‘स्कुलहरू चलुन्, एम्बुलेन्सहरू चलुन्, पसलहरू बन्द गरिदिनुस्’, प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस्, म भाग्नेवाला छैन।’

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .