ad ad

राजनीति


महेश बस्नेत र दुर्गा प्रसाईंका प्रदर्शनपछि बालेनको कटाक्ष: मान्छे बनौँ पहिला...

महेश बस्नेत र दुर्गा प्रसाईंका प्रदर्शनपछि बालेनको कटाक्ष: मान्छे बनौँ पहिला...

फाइल तस्बिर : बालेन्द्र शाह


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार ९:१, काठमाडौँ

काठमाडौँका अलग–अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत यो देशमा सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्र बन्न मन लागेको तर देशलाई चाहिने मान्छे बन्न कसैलाई मन नलागेको भनी व्यंग्य गरेका हुन्।    

उनले लेखेका छन्-

यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपती बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो

नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला 
अरू त जनताले बनाइहाल्छन् नि! 

एमाले नेता महेश बस्नेतले बिहीबार युवा संघले तीनकुनेमा गरेको कार्यक्रममा बालेन पनि राजा बन्न खोजेको भनी आरोप लगाएका थिए।

राजतन्त्रको धुवाँधार वकालत गर्दै बिहीबार कार्यक्रम गरेका प्रसाईंको समूह र गणतन्त्र रक्षाका लागि भन्दै प्रदर्शन गरेका युवा संघका कार्यकर्ताबीच बल्खुमा झडपसमेत भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .