ad ad

राजनीति


यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ७:३८,

एक महिलामाथि यौन शोषण गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।

 प्रदेश १ को धरानस्थित संघीय प्रहरी एकाई कार्यालय सुनसरीमा कार्यरत राणालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो।

मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले बताए। ‘प्रहरी प्रधान कार्यालयको सिफारिसमा एसएसपी राणालाई बिहीबार निलम्बन गरिएको हो’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता शर्माले भने। यौन हिंसाको उजुरी परेपछि थप अनुसन्धानका लागि एसएसपी राणालाई निलम्बन गरिएको  बताइएकाे छ।

एसएसपी राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो। ती महिलाले एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गत कात्तिकमा गृहमन्त्री रामबहादुर थापासँग समेत भेट गरी कारबाहीको माग गरेको गृह स्रोतले बताए।

एसएसपी राणा निलम्बन भएसँगै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ती महिलाले जाहेरी दिएको र प्रहरीले एसइसपी राणालाई पक्राउ गर्ने तयारी गरिरहेको गृह स्रोतले नेपालखबरलाई बतायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .