ad ad

राजनीति


जनकपुरमा औषधी पसलमा आगलागी, २० लाख बराबरको क्षति

जनकपुरमा औषधी पसलमा आगलागी, २० लाख बराबरको क्षति

शैलेन्द्र महतो
माघ १७, २०७६ शुक्रबार ७:१५,

जनकपुरमा एक औषधी पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–६ अस्पताल रोडमा रहेको कल्पना मेडिकल हलमा बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीले पसलमा रहेको सबै औषधीहरु पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको पसलका सञ्चालक पंकज साहले बताए। कसैले रिसिबी साध्न ओगो लगाइदिएको उनको आरोप छ।

आगलागी बारुणयन्त्र, प्रहरी र स्थानीबासीको सहयोगमा नियन्त्रणमा निभाइएको छ।

आगलागी कसरी भयो भन्न विषयमा अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .