राजनीति


रविको दाबी : जनप्रतिनिधिले आफ्नो दलका कार्यकर्ता र समर्थकलाई मात्रै राहत बाँड्दैछन्

रविको दाबी : जनप्रतिनिधिले आफ्नो दलका कार्यकर्ता र समर्थकलाई मात्रै राहत बाँड्दैछन्

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८० बुधबार ११:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत शुक्रबारको भूकम्पबाट जनधनको क्षति व्यहोरेका जाजरकोट र रुकुम पश्चिममा जनप्रतिनिधिहरूले विभेद गरिरहेको दाबी गरेका छन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै उनले दुई जिल्लामा आफूले घुमेर हेर्दा जनप्रतिनिहरूले राहतमा विभेद गरेको गुनासो सर्वसाधारणले गरेको बताएका छन्।

राहत वितरणमा एकरुपता नभएको र विभेद गरिएको दृश्य आफूले पनि देखेको उनले आफ्नो १४ बुँदे सुझावमा उल्लेख गरेका छन्। 

‘राहत वितरणमा एकरूपता नभएको देखियो’, उनले भनेका छन्, ‘राहत सामाग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको छ। तर, भूकम्पपीडितले पाएका छैनन्। प्रमुख जिल्ला अधिकारीले मात्रै सम्हाल्न सक्ने स्थिति रहेन।’

लामिछानेले राहतमा दलीयकरण गरिएको पनि बताएका छन्। ‘दलगत हिसाब अथवा त्यस ठाउँकf जनप्रतिनिधि जुन पार्टीका हुन्, त्यही
पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आमसमुदायले गरेका छन्’, उनले भनेका छन्, ‘राहतमा राजनीति नगरिदिनु भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ।’

उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तर राम्रो नभएको पनि बताएका छन्। ‘अब पठाइने त्रिपालको गुणस्तर परीक्षण गरी मात्रै पठाइयोस्’, उनले भनेका छन्, ‘राहत सामाग्रीको आवश्यकता कुन कुन वस्तुको कति मात्रामा हो भन्ने स्पष्ट सन्देश नपुग्दा अनावश्यक र सहज पाइने वस्तुको चाङ लाग्ने देखिन्छ। आवश्यक सामग्रीको कमी हुने देखिन्छ।’

भूकम्प प्रभावित जनता, भूकम्पपछि २ दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको देखिएको उनले बताए। ‘यसले जनतालाई राज्यप्रति निराश बनाएको छ। सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुहोस्’, उनले अगाडि भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .