राजनीति


माओवादी केन्द्रको काठमाडौँकेन्द्रित जनप्रदर्शन स्थगित

माओवादी केन्द्रको काठमाडौँकेन्द्रित जनप्रदर्शन स्थगित

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार ११:१६, काठमाडौँ

माओवादी केन्द्रले यही कात्तिक २२ गते काठमाडौँमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। 

जाजरकोट भूकम्पमा धेरै जनधनको क्षति भएपछि माओवादीले काठमाडौँ केन्द्रित जनप्रर्दशको कार्यक्रम स्थगित गरेको हो। 

गणतन्त्र र संघीयताको पक्षमा माओवादी केन्द्रले कात्तिक २२ गते काठमाडौँमा वृहत जनपरिचालनको कार्यक्रम तय गरेको थियो।

‘भूकम्पमा धेरै जनधनको क्षति भएको शोकमा काठमाडौँ केन्द्रित वृहत जन परिचालन र प्रदर्शन स्थगित गरेका छौँ,’ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालखबरसँग भने, ‘अब नयाँ ढंगले अर्को कार्यक्रम तय गर्ने छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad