राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पश्चिम नेपालमा गएराति गएको भूकम्पबाट प्रभावितको राहत तथा उद्धार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाउन अनुरोध गरेको छ।
पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै उद्धार तथा राहतका लागि कुनै आर्थिक संकलन नगरिएको र नगर्न अनुरोध गरेको हो।
विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैर राजनीतिक कार्यक्रम भएको भन्दै यस्तो कार्यमा सरिक हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाउन आग्रह गरिएको पार्टीले बताएको छ।
‘यसरी विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैर राजनीतिक कार्यक्रम भएको, यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले राहत तथा उद्दार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ,’ पार्टीले भनेको छ।
त्यस्तै, कुनै आर्थिक संकलन नगरिएको र नगर्न पनि अनुरोध गर्न पनि आग्रह गरिएको छ।
Shares
प्रतिक्रिया