ad ad

राजनीति


शान्तिभूमि लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)

शान्तिभूमि लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १५:४३,

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। 

आइतबारबाट नेपालको चारदिने भ्रमणमा रहेका गुटेरेस सोमबार पोखरा पुगेका थिए। पोखराबाट अन्नपूर्ण बेसक्याम्प हुँदै लुम्बिनी पुगेका हुन्। 

उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरे।

लुम्बिनी क्षेत्रको अवलोकनका क्रममा गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे। शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए। उनले वृक्षरोपणसमेत गरे।

लगत्तै उनी लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी भए। 

यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन्।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराइएको थियो। 

गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौँ महासचिव हुन्। राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन्। 

गुटेरेसको भ्रमणका क्रममा लुम्बिनीका केही तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .