ad ad

राजनीति


कोशीको घटनाले केही फरक पार्दैन, अप्ठ्यारोमा पार्न खोज्ने आफै फस्दै जान्छन्ः प्रधानमन्त्री

कोशीको घटनाले केही फरक पार्दैन, अप्ठ्यारोमा पार्न खोज्ने आफै फस्दै जान्छन्ः प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८० शनिबार २१:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा विकसित राजनीतिक घटनाक्रमले संघीय सरकार र गठबन्धनलाई कुनै फरक नपर्ने बताएका छन्। 

नेपाल टेलिभिजनमा प्रसारित राष्ट्र निर्माण कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री दाहालले कोशीको फेरबदलमार्फत् आफूलाई अप्ठ्यारोमा पार्न खोज्नेहरु आफै अप्ठ्यारोमा पर्दै जाने दाबी पनि गरेका छन्। उनले भने, ‘विगतका धेरै घटनाहरुले यो कुरा देखाइसकेको छ। सरकार र गठबन्धनलाई अप्ठ्यारोमा पार्न खोज्दा आफै अप्ठ्यारोमा पारेका दृष्टान्त छन्। म यहाँ फेहरिस्त प्रस्तुत गर्न चाहन्न।’  

उनले सरकारले राम्रा काम गरिरहेको र गठबन्धन अहिले पनि सुदृढ रहेको जिकिर पनि गरे। तर, सरकारका यी राम्रा काम विरोधीहरुलाई सहिसक्नु नभएको उनको भनाइ थियो।

तर, आफूले विरोधीका ती कुरालाई धेरै महत्त्व दिनुभन्दा राम्रो काम गर्दै जाने नीति लिएको प्रधानमन्त्रीले दाबी गरे। उनले अगाडि भने, ‘राम्रो काम गर्दागर्दै गठबन्धनलाई अप्ठ्यारो पारे जनताले र इतिहासले मूल्यांकन गर्छ भन्ने विश्वास लिएको छु।’

राष्ट्रिय सहमतिको वातावरण बनाउन गठबन्धनको तर्फबाट र प्रधानमन्त्रीको हैसियतले आफूले लचिलो ढंगले पहल गरेको पनि उनको दाबी थियो। ‘सहमतिको वातावरण बनाऔँ भनेर नै संसदमा ३ वटा समितिको नेतृत्व प्रतिपक्षलाई दियौँ। यस्तो त न भूतो न भविष्यतिः हो। एउटा लेखा समिति प्रतिपक्षलाई दिने चलन थियो।’

उनले राष्ट्र संघका महासचिव र कतारका राजा नेपाल आउन लागेको पनि आफूले गरेको अन्तर्राष्ट्रिय पहलकदमीको परिणाम भनेका छन्। यसलाई कम आँक्न नमिल्ने पनि उनको धारणा थियो। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .