अमेरिकी तल्लो सदनमा मंगलबार उक्त विधेयक भारी मतले पारित भएको थियो।
‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’ लाई संशोधन गर्न अमेरिकाले नयाँ विधेयक ल्याएको हो।
मंगलबार भएको मतदानमा त्यस विधेयकको पक्षमा ३ सय ९२ मत र विपक्षमा २२ मत आएको थियो।
अमेरिकी तल्लो सदनले पास गरेको यस विधेयकमा निर्वासनमा रहेका बौद्ध धार्मिक नेता दलाई लामाको उत्तराधिकारी चयनको विषयमा रहेको छ।
दलाई लामाको उमेर र स्वास्थ्यका कारण पछिल्लो समय उनको उत्तराधिकारी को हुने भन्ने विवाद देखिएको छ। चीनले तिब्बती बौद्ध परम्परा र नियम अनुसार चीनको स्वाशासित प्रदेश तिब्बतभित्रबाट दलाई लामाको उत्तराधिकारी चयन गरिने बताउँदै आएको छ। अर्कातिर दलाई लामा लगायत निर्वासित तिब्बती समुदायले तिब्बतबाहिर जुनसुकै ठाउँबाट उत्तराधिकारी छान्न सकिने बताउँदै आएका छन्।
China strongly condemns and firmly opposes the passing of a Tibet-related act by the US House of Representatives, which severely violates int'l laws and interferes with China’s domestic affairs. It also sends wrong signal to secessionist forces, Chinese FM spokesperson said Wed pic.twitter.com/IHC3UAWXVy
— People's Daily, China (@PDChina) January 29, 2020बुधबार चिनियाँ विदेशमन्त्रालयले अमेरिकी कार्यको विरोध गर्दै भनेको छ,‘तिब्बतसँग सम्बन्धित विधेयक अमेरिकी तल्लो सदनमा पास भएको विषयलाई चीनले कडा रुपमा प्रतिकार गर्दछ। यस कार्यले अन्तर्राष्ट्रिय कानुन मिचेको छ र चीनले अमेरिकाले घरेलु मुद्दामा हस्तक्षेप गरेको महसुुस गरेको छ।’
अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट निर्वासित तिब्बती समुदायको अधिकारी रहेको बताउँदै आएको छ। अमेरिकाले पारित गरेको विधेयकमा दलाई लामाको उत्तारधिकारी चयनमा दबाब पुर्याउन खोज्ने चिनियाँ अधिकारीमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने उल्लेख छ।
विधेयकमा तिब्बतको राजधानी ल्हासामा अमेरिकी वाणिज्य दूतावास स्थापनाका लागि बेइजिङले अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ वाणिज्य दूतावास स्थापनाका लागि अनुमति नदिइने उल्लेख छ।

प्रतिक्रिया