कोशी प्रदेशको मुख्यमन्त्री बन्न दाबी पेस गरेका नेपाली कांग्रेसका केदार कार्कीका पक्षमा सांसदले अहिले धमाधम हस्ताक्षर गरिरहेका छन्।
एक सांसदले दिएको जानकारीअनुसार कार्कीका पक्षमा कांग्रेसका ८ जना सांसदले नै सनाखत गरिसकेका छन्। एमालेका ३९ सांसद पनि प्रदेश प्रमुखको कार्यालयमा पुगेर सनाखत गरिरहेका छन्।
तर अल्पमतमा परेपछि गठबन्धनका तर्फबाट दाबी पेस गरेका नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो अल्पमतमा परेपछि उनी पक्षका प्रदेशसभा सदस्य सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएका छैनन्।
गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका आङ्बोका पक्षमा मुख्यमन्त्रीका अर्का दाबेदार कार्कीसहित कांग्रेसका ८ सांसदको हस्ताक्षर जोडेर बहुमत पुर्याइएको थियो।
तर कांग्रेसबाट कार्की आफैँ मुख्यमन्त्रीको उम्मेदवार बन्दै आफ्ना पार्टीका ८ सहित एमालेका सांसदको समर्थनमा बहुमत हस्ताक्षर पेस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले पक्षका प्रदेशसभा सदस्यलाई प्रदेश कार्यालयमै उपस्थित गराई सनाखत गर्न लगाएर निर्णय गर्न लागेका हुन्।
Shares
प्रतिक्रिया