ad ad

राजनीति


अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ : प्रमुख सचेतक पाण्डे

अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ : प्रमुख सचेतक पाण्डे

नेपालखबर
असोज २६, २०८० शुक्रबार १६:१८, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउनुपर्ने बताएका छन्। 

उनले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोत, साधनहरुको सदुपयोगमा पनि ध्यान दिनुपर्ने बताए। 

त्यस्तै, उनले संघीयताको कार्यान्वयनका लागि तिनै तहका सरकारका बिचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । यसको निम्ति संघीय सरकारले पहलकदमी लिनुपर्ने बताए।

‘देशको आर्थिक जो अवस्था छ, त्यसलाई अझ गतिशील बनाउनुपर्ने छ। अर्थतन्त्रलाई गतिशील बनाउनको लागि हामीले उत्पादन वृद्धिमा नै जोड गर्नुपर्ने हो। हाम्रा प्राकृतिक स्रोत, साधनहरूको सदुपयोगमा नै हामीले ध्यान दिनुपर्ने हो। सरकार यतातर्फ विशेष रुपमा लागोस्। संघीयताको दृढ कार्यान्वयनका लागि तिनवटै सरकारका बिच समन्वय, सहकार्य आवश्यक छ। यसका लागि संघीय सरकारको पहलकदमी आवश्यक छ। यसमा संघीय संसदको पनि भुमिका छ। कानून निर्माण लगायतका विषयवस्तुमा हामी सबैले आत्मसमिक्षा गर्दै अगाडी बढौँ,’ उनले भने।

उनले संघीयताको कार्यान्वयनमा संघीय संसदको पनि भुमिका हुने भन्दै आवश्यक कानून निर्माणका विषयमा आत्मसमिक्षा गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .