ad ad

राजनीति


व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:५९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन्।

शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएउका हुन्। गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए। 

उनले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे। उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको पनि बताए। 

‘विकासको निम्ति पँुजी आवश्यक पर्छ। हामीसँग पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँद गएको व्यापार घाटालाई कमी गर्नुछ। मुलुकको व्यापार घाटालाई कमी गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ। मुलुकको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन,’ उनले भने, ‘मुलुकको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न सक्नुपर्छ। निर्यात गर्न पनि ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गरौं भनेर व्यापार घाटा कम हुनेवाला छैन। अहिले मुलुकको व्यापार घाटा कम गर्नको निम्ति अहिले हामीसँग जे छ त्यो निर्यात गर्न सक्नुपर्छ।’

उनले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे। 

साथै, हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने पनि उनले बताए।

‘हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट हामीले व्यापार घाटा कम गर्नुछ। व्यापार घाटा कम गरेर राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान र नेपालमा घरेलु उद्योगहरुलाई प्रोत्साहित गरेर रोजगारी र उत्पादन वृद्धि गरी व्यापार घाटा कम गरी राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान यस्तो कदम अत्यन्तै सहयोगी महत्वपूर्ण कदम हो। सरकारको कतव्र्य हुन जान्छ यस बारेमा सरकार सेचत छ,’ श्रेष्ठले भने, ‘यो प्रक्रियालाई कसरी सहयोग गर्ने? उहाँहरू आफैँले व्यक्तिगत पहल लिनुभयो। यसलाई सरकारले पनि एउटा वा अर्को रुपमा सहयोग गर्नुपर्छ। प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा प्रष्ट छ। सरकारका सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनन्छु।’

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरुलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .