भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको बताएकी छिन्।
बुधबार काठमाडौंमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले कलाकारहरुको सम्मान सरकारले गरिरहेको पनि बताउँदै उनले कलाकारहरुले समाजमा पु¥याएको गोगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको बताइन्।
‘नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको छ। कलाकारहरूको सम्मानका लागि बि स्टार फिल्म अवार्ड प्रदान गर्नुभएको छ,’ उनले भनिन्।
सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरुलाई बि.स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गरेकी थिइन्।
33
Shares

प्रतिक्रिया